मित्र, के तपाईं आफूलाई पराजित देख्नुहुन्छ ? कि तपाईं अझै शैतानलाई कुनै दिन जित्न सकूँला कि भन्ने आशाका साथ (शैतानविरुद्ध) लडाकुजसरी लडिरहनुभएको छ ? के तपाईंलाई जीवनका परिस्थितिहरूले घरि यता घरि उता हुत्याउने गरेका छन् ? कि तपाईं सबै शक्ति, शासन र राज्यहरूभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाइएको ख्रीष्टको शरीरको बाइबलीय दृष्टिकोणका साथ जयवन्त मण्डलीजसरी बाँचिरहनुभएको छ ?